लकडाउन ताेडेपछि पुलिसले लियो धोनीको सहारा, सार्वजनिक गर्यो यो तस्वीर

लखनऊ । भारत सरकारले २१ दिनका लागि देशव्यापी लकडाउनको घोषणा गरेपनि पूर्ण पालना नहुँदा प्रहरी प्रशासनले बिभिन्न उपाय अपनाउन थालेको छ ।

कतिपय स्थानमा बाटोमा हुल बनाएर हिडने नागरिकमाथि बल प्रयोग गरिएको छ भने केही ठाउँमा नियन्त्रणमा समेत लिइएको छ ।

यसबीच भारतको उत्तर प्रदेश पुलिसले आम जनतालाई कोरोना भाइरस र लकडाउनका बारेमा सचेतना गर्न महेन्द्रसिंह धोनीको एउटा तस्वीर सार्वजनिक गरेको छ ।

महेन्द्रसिंह धोनी अहिले ९ महिनादेखि क्रिकेट खेलिरहेका छैनन् । भारतीय जनताले निकै सम्मान गर्ने धोनीको यो तस्वीर भने गर्व गर्ने तस्वीर होइन । धोनीको यो तस्वीर भारतीयहरु हेर्न चाहँदैनन् । यो तस्वीरले उनीहरुलाई पीडा दिन्छ ।

के हो घटना ः

उत्तर प्रदेशका प्रहरीले आधिकारिक ट्विटरबाट धोनीको उक्त फोटो शेयर गरेका थिए । यो तस्वीर गत वर्ष भारत र न्यूजिल्याण्डबीच भएको एक दिवसीय वल्र्ड कफ सेमिफाइनलको हो । यसमा धोनीलाई आउट हुँदै गरेको देखाइएको छ ।

यूपी प्रहरीले फोटो शेयर गर्दै लेखेका छन्, “हामीलाई कोरोनासँग खेल जित्नु छ । कसरी ? घरभित्रै बसेर”

यो तस्वीर भारतीयका लागि पीडादायी तस्वीर हो । किनभने धोनी मैदानभित्रै रहेको भए भारतले विश्वकप उचाल्ने सपना साकार पार्न सक्थ्यो होला । त्यतिबेला धोनी रन आउट भएका थिए । न्यूजिल्याण्डले भारतलाई २४० रनको सामान्य लक्ष्य दिएको थियो । धोनीले ५० रनको पारी खेलेका थिए । तर मार्टिन गुप्टिलको डारेक्ट थ्रोमा धोनी आउट भए । योसँगै भारतीय टीम धराशायी हुन पुग्यो । भारतले ४९.३ ओभरमा मात्र २२१ रन जित्न सकेको थियो ।

यो त्यही खेल थियो जहाँबाट धोनीले ब्रेक लिएका थिए । अब आइपिएलमा चेन्नई सुपर किंग्समार्फत पुनः खेल्न थाल्ने कतिपयले धोनीबाट अपेक्षा गरेका छन् ।

कमेन्ट गर्नुहोस्