प्रधानमन्त्री ओली फेरि अस्वस्थ, रातारात अस्पताल भर्ना, कस्तो छ अवस्था ?.

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि ओलीलाई रातारात उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।

उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको बताइएको छ । प्रधानमन्त्री ओलीको मुटुको चालमा केही तलमाथि देखिएको थियो । ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उनको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् ।

गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए । फाइल फोटो

कमेन्ट गर्नुहोस्