आँगनमा भेटिने कोइलाको टिका लगाए कोरोना नलाग्ने हल्ला फैलिएपछि…

काठमाडौंः ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस् । त्यहाँ कालो अँगार (कोइला) जस्तो वस्तु भेटिने छ । त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्’ भनेर बिहीबार राति धैरैलाई फोन आयो । एकले अर्कोलाई, अर्कोले फोन गर्दै हल्ला एकाएक फैलियो ।

त्यसपछि उज्यालो हुन नपाउँदै सुदूरपश्चिमका गाउँटोलका सबै स्थानीय आँगन खन्न लागे । केहीले कालो अँगार जस्तो वस्तु भेटेका भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । शुक्रबार बिहानैदेखि त्यसबारेमा सामाजिक सञ्जालमा बसह भइरहेको छ ।

याे पनि पढ्नुस  आज पनि रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप

घर अगाडि अधिकासंले आगो बाल्ने र त्यहाँ अंगार भेटिने नै हुने भएकाले भ्रम फैलाइएको हुनेसक्ने विषयमा टिकाटिप्पणी भइरहेको छ । धेरैले कोरोनाको महामारी फैलिरहेका बेला त्यस्ता भ्रम गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘क्रिश्चियनले झुठो प्रचार गर्दा पक्राउ गरेर कार्वाही गरियो, अहिले हिन्दुका ‘कलन्क’हरु दैलो अगाडि खनेर पाइने अङ्गारको टिको लगाउदा कोरोना सर्दैन भन्ने प्रचार गर्दैछ । यस्तो अन्धबिश्वास पुर्ण भ्रामक प्रचार गर्नेको खोजी गरि तु कार्वाही गरियोस् ।’ यसअघि प्रहरीले कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गरेको थियो ।

याे पनि पढ्नुस  सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित पनि निको भएर घर फर्के

यता, प्रहरीले भने कोरोनाको सन्त्रास फैलिएका बेला कतिपयले भ्रमसमेत फैलाउने प्रयास गरिरहेकोले त्यस्ता कुरामा विश्वास नगर्न भनेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले त्यस्ता भ्रम फैलाउनेलाई पक्राउ गरेर कारवाही गरिने बताए ।

उक्त हल्ला बझाङबाट फैलिएको बुझिएको छ । त्यसबारेमा बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गरिने बताए ।

याे पनि पढ्नुस  अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी कुटिए

‘कोरोनाबारे भ्रम फैलाइएको छ । अन्धविश्वास हो । अनावश्यक हल्लाकापछि नलागौं’, उनले भने, त्यसविषयमा डिएसपीलाई बुझ्न भनेको छु । भ्रम फैलाउनेलाई पक्राउ गरेर कारवाही गछौं ।’

कमेन्ट गर्नुहोस्