धनगढीका कोरोना संक्रमितले भेटेका सबैको खोजी हुँदै, परिवारका सदस्यको नमूना संकलन आज

धनगढी : दुबईबाट भारतको राजधानी दिल्ली हुँदै आएका धनगढीका एक पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले उनको सम्पर्कमा आएकाहरुको खोजी थालेको छ। स्वास्थ्य मन्त्रालय र सेती प्रादेशिक अस्पतालले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ निवासी ती ३४ वर्षीया पुरुषलाई कोरोना संक्रमण पोजेटिभ भएको जानकारी गराएपछि स्थानीय प्रशासनले सम्पर्कमा आएजति सबै मानिसको खोजी थालिएको जानकारी दिएको छ।

संक्रमित व्यक्ति दुबईबाट दिल्ली हुँदै काठमाडौं र काठमाडौँबाट नेपालगञ्ज हुँदै चैत ८ गते अर्थात २१ मार्चमा धनगढी पुगेका थिए। दुबईबाटै एक जना विराटनगरका पुरुष समेत उनीसंगै आएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘हामीले ति संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको खोजी सुरु गरेका छौँ। धनगढी पुगेपछि उनले कतिलाई भेटे र कतिको सम्पर्कमा आए भन्ने बारेमा बुझिरहेका छौ। सबैलाई निगरानीमा राख्ने तयारी छ।’

याे पनि पढ्नुस  बंगलादेशमा मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार संक्रमित व्यक्तिका परिवारका ८ जना सदस्यलाई पनि निगरानीमा राखिएको छ। उनले भने, ‘शुक्रवार राती नै अस्पताल ल्याउने तयारी थियो। तर रातिको समयमा घरमै सुरक्षित बस्न लगाईएको छ। आज अस्पताल ल्याएर सबैको नमूना संकलन हुन्छ।’ अर्को तर्फ एम्बुलेन्स चालकहरुले सुरक्षा कवच नभएको भन्दै एम्बुलेन्स चलाउन नमानेका कारण उनीहरुलाई राति नल्याईएको हो।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट ज्यान गुमाउने २५ पुग्यो, आपतकाल घोषणा गर्ने बेला भइसकेको छैनः विश्व स्वास्थ्य सङ्गठन

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो। उनी चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका थिए। ति युवक युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए। २१ मार्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए। उक्त कुराको बुद्ध एयर नेपालगञ्जका ईन्चार्ज दिनेश साहले पुष्टि गरिसकेका छन्।

८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीमा कोरोना संक्रमणको पुष्टि शुक्रबार मात्रै भएको हो। उनको स्वाब अस्पतालले संकलन गरेर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो जहाँ परीक्षण हुँदा कोरोना पोजेटिभ पाइएको हो।

याे पनि पढ्नुस  भारत र दक्षिण अफ्रिकाबीचको वानडे सिरिज रद्द

काठमाडौँ नेपालगञ्ज हवाई यात्रा र त्यसपछि नेपालगञ्ज धनगढीसम्म बसको यात्रा गरेका कारण उनीबाट अरु धेरै व्यक्तिमा पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ।

सेती प्रादेशिक अस्पतालले कोरोनाको संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्। दिनेश खबरबाट साभार

कमेन्ट गर्नुहोस्