कोरोना भाइरसका कारण इटालीमा ५१ जना डाक्टरको निधन

एजेन्सीः कोरोना भाइरसका कारण इटालीमा ५१ जना डाक्टरको निधन भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देशमा इटाली पर्छ ।

महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोना भाइरस संक्रमण किन कम देखियो ? यी हुन् ५ कारण

एसोसिएसनका अध्यक्ष फिलिप्पो एनेलीले बिहीबार चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिई) को तत्काल आवश्यकता रहेको बताएका थिए ।

त्यसको भोलिपल्ट शुक्रबार एसोसियसनले कोरोना भाइरस विरुद्धको ‘युद्ध’ मा ‘फ्रन्टलाइन’ मा खटिएका ५१ जना डाक्टरको निधन भइसकेको जानकारी दिएको हो ।

याे पनि पढ्नुस  कोरोनाको संक्रमणबाट कंगोका पूर्वराष्ट्रपतिको निधन

कोभिड–१९ का कारण निधन भएका ५१ जना इटालियन डाक्टर मध्ये ३२ जना लोम्बार्दी क्षेत्रमा कार्यरत रहेको जनाइएको छ । इटालीको उत्तरी क्षेत्र लोम्बार्दी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित छ ।

संक्रमितको संख्या अमेरिकामा भन्दा कम भए पनि इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या विश्वमै सबैभन्दा धेरै छ ।

याे पनि पढ्नुस  डब्ल्यूएचओको चेतावनीः ‘लकडाउन हटाउँदा कोरोना भाइरसको आगो पुनः सल्किन्छ’

इटालीमा अहिलेसम्म कोभिड–१९ बाट ९ हजार १३४ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्