धनगढीका कोरोना संक्रमित पुरुषको गुनासोः ‘डाक्टरहरू भेट्नसमेत आउँदैनन्’

धनगढीः शुक्रबार कोरोना संक्रमित देखिएका धनगढीका ३४ वर्षिय पुरुषले सेती प्रादेशिक अस्पतालका डाक्टरहरूले आफ्नो उपचारमा लापरवाही गरेको गुनासो गरेका छन् ।

उनले डाक्टरहरू भेट्नसमेत नआएको बताएका छन् । उनले भने, ‘चैत्र ११ गते अस्पताल पुगेपछि डाक्टरहरूले आइसोलेसनमा बसाले । चौथौं दिन कोरोना संक्रमण भएकोबारे जानकारी दिएनन् । मलाईं कोरोना लागेको भनेर मिडियाबाट थाहा पाएँ ।’

याे पनि पढ्नुस  कोलकातामा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु

उनले डाक्टरहरू नजिक आउन डराएन थालेको समेत बताएका छन् । ‘कोरोना संक्रमणको पुष्टिपछि मलाई सेती अस्पतालको छुट्टै कोठामा राखिएको छ । अहिलेसम्म चिकित्सक भेट्न आउनुभएको छैन । खानेकुरा सबै घरबाट ल्याएको खान्छु ।’

आफन्तहरू सबै अस्पताल आइसकेको र विदेशबाट आफूसँगै आएको विराटनगरको साथी परीक्षणका लागि अस्पताल गइसकेको उनले बताए ।

याे पनि पढ्नुस  कोरोनालाई बिदा गर्दै चीन, के छ पछिल्लो अवस्था ?

धनगढीमा परिवारबाहेक अन्यसँग नभेटेको उनले बताएका छन् । संक्रमित व्यक्ति दुबईबाट दिल्ली हुँदै काठमाडौं र काठमाडौँबाट नेपालगञ्ज हुँदै चैत ८ गते धनगढी पुगेका थिए । उनले आफू चाँडै निको हुने विश्वास व्यक्त गरेका छन् ।

कोरोना संक्रमित पुरुषसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको ।

कमेन्ट गर्नुहोस्