आनन्दबिहार र लालकुवामा हजारौं ओइरिए, आज र भोली युपी रोडवेजका दुई सय चल्ने

नयाँ दिल्ली । भारतमा २१ दिनसम्म लकडाउनको भीड लागेपनि पैदल नै घर जानेहरुको संख्यो हजारैं पुगेको छ ।

आज बिहान उत्तर प्रदेश सरकारले दिल्लीबाट राज्यका बिभिन्न शहर जाने व्यवस्था गर्नका लागि दुई सय बसको व्यवस्था गरेको सुनेपछि दिल्ली र हरियाणाका बिभिन्न शहरबाट हजारौंको संख्यामा मानिस जम्मा भएका हुन ।

लकडाउनको पर्वाह नगरी सामान बोकेर आएका उनीहरु अहिले बसपार्कमा रहेका छन् । एएनआई समाचार एजेन्सीका अनुसार, दिल्ली सिएनआरका आन्तरिक प्रवासी नागरिक अलग अलग इलाकाबाट घण्टौं पैदल हिंडेर आनन्द टर्मिनल पुगेका हुन ।

याे पनि पढ्नुस  भारतमा संक्रमितको संख्या २० हजार बढी, पश्चिम बंगालद्वारा केन्द्रको अनुगमन टिमलाई प्रवेश निषेध

उता गाजियाबादको लालकुआँस्थित बसपार्कमा समेत प्रवासी मजदूरहरुको यस्तै जुलुस देखिएको छ । यहाँ हजारौं मजदूर दिल्ली, गुरुग्रामलगायतका स्थानबाट पैदल हिंडेर आएका छन् ताकि बस पाइयोस् ।

श्रीमती र केटाकेटीसहित ४०० किलोमिटर रिक्सामा

एएनआईले उल्लेख गरे अनुसार राष्ट्रिय राजमार्ग एनएच २४ मा एकजना परिवार दिल्लीबाट ४ सय ४० किलोमिटर टाढा बदायँुमा रहेको आफ्नो घर रिक्सामा गइरहेका थिए ।

याे पनि पढ्नुस  राहत बाँड्दै जाँदा प्रेम, लकडाउनमै अनिल र निलमले गरे बिहे

बच्चा र श्रीमतीलाई रिक्सामा राखेर पैदल नै यति लामो यात्रामा गइरहेका ती व्यक्तिले खानका लागि समते केही नभएको र खल्तीमा पनि १०, १५ रुपैयाँ मात्रै भएको दयनीय अवस्था सुनाएको समाचारमा छ ।

घरधनीले भाडाका लागि किचकिच गर्न थालेपछि सामान उठाएर घर जान थालेको हुनले बताए । बसपार्कमा आएका अधिकांशको पीडा उस्तै छ । कसैलाई घरमालिकले भाडाका लागि सताएका थिए पनि कतियलाई आर्थिक संकट परेको छ ।

याे पनि पढ्नुस  भारतमा कक्षा १० र १२ को बोर्ड परीक्षा गर्न दिइने, गृहमन्त्रीले दिए निर्देशन

लकडाउनमा फसकेका दिल्ली, राजस्थान र हरियाण आदि यूपी र बिहान जाने मजदूरलाई उनको घरसम्म पुर्याउन यूपी रोडवेजले दुईसय बस चलाएको छ । यो कुरा थाहा पाएपछि हजारौं मजदूर बसपार्कतर्फ दौडेका थिए । यूपी रोडवेजको बस शनिबार र आइतबार दुई दिनसम्म चल्ने भएको छ ।

कमेन्ट गर्नुहोस्