नेपालगञ्जमा दुर्घटनाग्रस्त विमानका को–को थिए ?

काठमाडौंः नेपाल एयरलाइन्सको स्वास्थ्यको सामान ल्याएर आएको कार्गो विमान शनिबार मध्यान्न १२ बजे नेपालगन्ज विमास्थलमा दुर्घटनाग्रस्त भएको छ ।

काठमाडौंबाट नेपालगन्जका लागि स्वास्थ्यका सामान र स्वाब लिन आएको विमान रनवेमा चिप्लिएर दक्षिणमा सय मिटर टाढा खेतमा पुगेको थियो ।

विमानमा नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका दुईजना डाक्टर, दुई जना विमान चालक र एकजना एयर होस्टेल थिए । उनीहरू सबै सकुशल छन् । विमानमा सामान्य क्षति मात्र पुगेको छ ।

याे पनि पढ्नुस  बेइजिङ र सिड्नी उड्दै आज नेपाल एयरलाइन्स

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबावु श्रेष्ठका अनुसार विमानमा खजुरा क्यान्सर अस्पतालको आइसोलेसनको सामान ल्याइएको थियो भने प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालबाट कोरोना आशंकित व्यक्तिको स्वाब विमानबाट काठमाडौं पठाइँदै थियो ।

कमेन्ट गर्नुहोस्