यूएइमा थप २ नेपालीमा कोरोना संक्रमण, बाहिर ननिस्कन दूतावासको अनुरोध

यूएईः यूएईमा थप दुई नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार बिहानसम्म यूएईमा ४०५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ।

संक्रमण देखिनेहरुमा यूएईसहित, श्रीलंका, जोर्डन, प्यालेष्टाइन, इरान, कोमोरोस, चीन, साउदीअरब, काजकिस्तान, सर्बीया, ग्रीस, उरुग्वे, रोमानिया स्विडेन, दक्षिणअफ्रिका, इराक, यमन, इथोपिया, बेलायत पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् ।

याे पनि पढ्नुस  अछाममा एकै वडाका २३ सहित २९ जनामा कोरोना पुष्टि

मन्त्रालयका अनुसार यूएइमा कोरोनाको संक्रमण प्रायः विदेशबाट आएका वा संक्रमण भइसकेका व्यक्तिहरूको सम्पर्कमा आएका वा विदेश भ्रमण गरेका मान्छेहरूमा देखिएको छ ।

यसअघि यूएईमा दुई जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी दुबै हाल भने निको भइसकेका छन् ।

याे पनि पढ्नुस  आज ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार नाघ्यो

यूएई स्थित नेपाली दूतावासले कोरोना नियन्त्रणका यहाँको सरकारले महत्वपूर्ण काम गरेको र हालका दिनहरूमा भइरहेको सार्वजनिक स्थलहरूको सरसफाइको प्रशंसा गर्न लायक हुँदा यूएइमा रहेका नेपालीहरु नआत्तिन अनुरोध गरेको छ ।

दूतावासका राजदूत कृष्णप्रसाद ढकालले नेपाल, यूएई सरकार र नेपाली दूतावासले जारी गरेका सूचनाहरूको पालना गर्न, हाललाई अत्यावश्यक कामबाहेक निवासबाहिर नजान, कुनै अप्ठ्यारो परेमा दूतावासमा सम्पर्क गर्न, सामाजिक सञ्जालमार्फत घरपरिवार र साथीभाइसँग सम्पर्कमा रहन, योग, ध्यान तथा घरभित्रै गरिने शारीरिक अभ्यासहरू गर्न र रुचिअनुसारका सिर्जनशील कामहरू गर्दै सकारात्मक सोच र उच्च मनोबल बनाउन अनुरोध गरेका छन् ।

याे पनि पढ्नुस  खोपको मानव परीक्षण ढिला गरेको भन्दै ट्रमले गरे एफडीएको आलोचना

यूएईमा संक्रमितमध्ये ५२ जना निको भइसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्