घरमै बसौं, ‘लकडाउन’को पालना गरौंः अध्यक्ष प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ‘लकडाउन’मा घरभित्रै बसेर कोरोना भाइरसको महामारीविरुद्धको लडाई‌ं जित्न सरकारलाई साथ दिन आग्रह गरेका छन् । आज प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् ।

उनले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न सबैलाई अपिल गरेका छन् ।

याे पनि पढ्नुस  वैशाख ३ गतेसम्म ‘लकडाउन’ लम्ब्याउने सरकारको निर्णय

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनता र सरकारले आवश्यक सावधानी अपनाएकोमा धन्यवाद दिँदै थप सावधानी अपनाउन आग्रह गरे । उनले तीनै तहका सरकार र पार्टीका सदस्यहरुलाई यसविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आह्वान समेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले चिकित्सक सुरक्षााकर्मी लगायत अग्रमोर्चामा खटिनेहरुलाई आवश्यक उत्प्रेरणा दिइने र सातै प्रदेशमा उपकरणसहित ल्याब स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक: उपनिर्वाचनको समीक्षा माग, प्रधानमन्त्रीको स्वास्थ्य लाभ

प्रचण्डले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक सहयोग र राहत प्याकेजमा सरकारको ध्यान जाने विश्वास समेत व्यक्त गरेका छन् ।

नोभल कोरोना भाइरस (कोभिड – १९) बारे अध्यक्ष प्रचण्डद्वारा जारी अपील

नोभल कोरोना भाइरस (कोभिड – १९) बारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डद्वारा जारी अपील

Posted by क. प्रचण्ड / Comrade Prachanda on Saturday, March 28, 2020

कमेन्ट गर्नुहोस्