कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघ्यो, कुन देशमा कति? (सूचीसहित)

काठमाडौंः महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ ।

शनिबार दिउँसो २ बजेसम्मको वर्ल्डमिटर इन्फो तथ्यांककाअनुसार संसारभर ६ लाख ९ हजार १ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार ४१७ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोना आशंका गरिएकी काठमाडौंकी युवतीको वीर अस्पतालमा मृत्यु

१९९ देशमा फैलिएको यो भाइरसको संक्रमणबाट विरामी भएका १ लाख ३३ हजार ४४६ जना भने निको भइसकेका छन् ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा धेरै एक लाख ४ हजार २५६ जना संक्रमित भएका छन् ।

त्यहाँ २७ हजार ४१७ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै, इटालीमा ८६ हजार ४ सय बढी व्यक्ति संक्रमित भएका छन् । त्यहाँ ९ हजार १ सय ३४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुस  ‘लकडाउन’कै बेला दिल्लीबाट आएका थिए १४ वर्षीय संक्रमित किशोर

कोरोनाबाट ज्यान गुमाउनेको सूचीमा भने इटाली शीर्ष स्थानमा छ । सम्पूर्ण देशको कोरोना संक्रमणको अवस्था हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्