मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अभियुक्त रिहा

वीरगन्जः वीरगन्जकी किशोरी मुस्कान खातुनलाई एसिड प्रहार गर्ने २ अभियुक्तमध्ये एक जनालाई रिहा गरिएको छ । वीरगन्ज बालसुधार गृहमा रहेका अभियुक्तद्वय वीरगन्ज २ छपकैयाका सम्साद मिया र मजिद आलममध्ये सम्साद रिहालाई रिहा गरिएको हो ।

पर्सा जिल्ला अदालतको आदेशमा बैशाख १४ गते फेरि उपस्थित हुने गरी सम्साद शुक्रबार बालसुधार गृहबाट रिहा भएका हुन् । सर्वोच्च आदलतमा चैत ७ गते बसेको न्यायाधीशको बैठकले बाल सुधारगृहमा रहेका बालबालिकालाई कोरोना संक्रमणको बेला उनीहरूको कैद सजाय स्थगन गरी अभिभावकको जिम्मा लगाउन सकिने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  राजेश हमालले भेटे मुस्कानलाई

सर्वोच्चको निर्णयमा कोरोनाको संक्रमणका बेला बाल सुधारगृहमा रहेका बालबालिकालाई खोजेको समयमा उपस्थित गराउन मिल्ने गरी अभिभावकको जिम्मा लगाएर पठाउन सकिने उल्लेख छ । त्यही निर्णयबमोजिम सम्सादकी आमाले कोरोना संक्रमणका बेला आफ्नो नाबालक छोरालाई आफ्नो जिम्मा दिन माग गर्दै गत बुधबार अदालतमा निवेदन दिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्