कोरोना संक्रमण रोकथाम कोषः सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

हेटौंडाः बागमती प्रदेश कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकले १० लाख रूपैयाँ सहयोग गरेको छ।

बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सन्जेलले आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरे।

विश्वव्यापी रूपमा फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ।

याे पनि पढ्नुस  रौतहटमा थप ७४ जनामा कोरोना संक्रमण

महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकार आफ्नो तवरले लागिरहेको भन्दै बैंकले गरेको सहयोगप्रति मुख्यमन्त्री पौडेलले धन्यवाद दिए।

सरकारले मात्र चाहेर नहुने भन्दै उनले विभिन्न संघ-संस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताए। बैंकिङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आवश्यकता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह निरन्तर गर्न पनि अनुरोध गरे।

याे पनि पढ्नुस  एउटै गाउँपालिकामा ११३ सङ्क्रमित

सातवटा प्रदेशमा १०/१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार बागमती प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सन्जेलले बताए।

कमेन्ट गर्नुहोस्