नेपालमा थपिए कोरोना भाइरसका पाँचौ संक्रमित

काठमाडौंः बेल्जियमबाट नेपाल फर्किएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  अमेरिकामा एकैदिन थपिए १९ हजार कोरोना संक्रमित, साढे ५ सय बढीको मृत्यु

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमूना संकलन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्