भारतमा नेपाली युवकको मृत्यु

काठमाडौंः भारतमा एक नेपाली युवकको मृत्यु भएको छ । रोजगारीको शिलशिलामा भारतको महाराष्ट्रमा रहेको डोटीको बोगटान गाउँपालिका–७ का कलम पन्छालको मृत्यु भएको हो ।

महाराष्ट्रकै एक अस्पतालमा भर्ना भएका पन्छालको उपचारका क्रममा मृत्यु भएको बोगटान गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा नेपाली युवकको मृत्यु

उनका अनुसार पन्छालको मृत्यु भएको खबर परिवारका सदस्यले आज मात्र थाहा पाएका हुन् । उनी दीर्घ रोगी भए पनि मृत्युको कारण भने शव परिक्षणपछि मात्र खुल्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्