दैनिक आपूर्ति र स्वास्थ्यमा समस्या परे मलाई खबर गर्नुस्ः सांसद तामाङ

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य तारा लामा तामाङले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई समस्या परे तत्काल खबर गर्न आग्रह गरेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्यसमेत रहेका तामाङले विश्वव्यापी महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन घरमै बसेर सचेत र जिम्मेवार नागरिकको दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  २४ घण्टामा कोरोनाः अमेरिका भन्दा ब्राजिलमा बढी मृत्यु

सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लकडाउन घोषणा गरेको अवस्थामा मतदाताहरुलाई केही समस्या परे आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले जनताका समस्या एक जनप्रतिनिधिको हैसियतले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफूलाई ९८५१०३२४५५मा सम्पर्क गर्न आग्रह गरेका हुन् । साथै उनले विदेशबाट आएकालाई दुई हप्ता क्वारेन्टाइनमा राख्न र स्थानीय सरकारलाई जानकारी दिन आग्रह गरेका छन् । उनले कोभिड–१९ को लक्षण देखिए सिधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । समस्यामा परेका जनताको सहयोग गर्न आफू तयार रहेको सांसद तामाङले बताए ।

याे पनि पढ्नुस  नवलपरासीमा ११ जनाको आरडिटी रिपोर्ट पोजिटिभ

उनले यो रोगविरुद्ध लड्नको लागी सरकारले गर्ने तयारीका बारेमा स्थानिय, प्रदेश र केन्द्र सरकारलाई आफ्नो ठाउंबाट दबाव दिइरहेको र आवश्यक तयारीको लागी समेत सुझाएको जानकारी दिए । त्यस्तै उनले दैनिक आपुर्ति वा स्वास्थ्यमा समस्या भए खबर गर्न आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्