पाँचौ संक्रमित पनि फ्रान्सबाट आएकी युवती सवार जहाजमै थिइन्

काठमाडौंः नेपालमा भेटिएकी पाँचौ कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवती पनि गत चैत ४ गते कतारको दोहाबाट आएको कतार एयरवेजबाट नेपाल आएकी पुष्टि भएको छ ।

यसअघि कतार एयरवेजको क्युआर ६५२ उडानबाटै चैत ४ गते काठमाडौंकी १९ वर्षीया युवती पनि नेपाल फर्किएकी थिइन् । उनी कोरोना संक्रमणका कारण अहिले टेकु अस्पतालमा उपचार गरिरहेकी छिन् ।

याे पनि पढ्नुस  कोरोना विश्व अपडेटः ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा झण्डै ५० हजारको मृत्यु

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फ्रान्सबाट आएकी यसअघि संक्रमित काठमाडौंकी युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी युवतीले एउटै उडानमा यात्रा गरेको पुष्टि गरे ।

नेपालमा पाँचौ कोराना संक्रमित युवती बागलुङकी हुन् । उनमा कोरोनाको पुष्टि जनस्वावस्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट भएको हो । अहिले उनको उपचार बाग्लुङ अस्पतालमै भइरहेको छ ।

याे पनि पढ्नुस  सार्सभन्दा घातक कोरोना, लियो ८ सय बढीको ज्यान

बाग्लुङ अस्पतालबाटै उनको थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

कमेन्ट गर्नुहोस्