अतितलाई सम्झाउँदै कोरोना भाइरस

नेपाल बार काउन्सिका केन्द्रीय सदस्य अधिवक्ता प्रकाश पाण्डेयले शनिबार झण्डै दुई दशक अघि आइएल पढ्दा आफू बस्ने डेरामा खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

सजिसजावट कोठाको खटियामा दुब्लो ज्यान भएका पाण्डेय बसेका उनी हाफ पेन्टमा बसेको देखिन्छ । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बि.सं. २०४९ सालमा आइएल पढ्ने बेला तत्कालिन महेन्द्रनगर नगरपालिका, हाल भीमदत्त नगरपालिका १८ खैरभट्टी मेरो अध्ययन गर्ने कोठामा । पाण्डेयले पुराना अन्य तस्बिरहरु पनि फेसबुकमा राखेका छन् ।

रनि विवश

कोरोना संक्रमण (कोभिड–१९) को महामारी फैलिएर देशभर लकडाउन गरिएपछि शुक्रबारदेखि फेसबुकमा पूराना तस्बिर पोष्ट गर्न थालिएका छन् । काठमाडौंबाट सुरु पुराना तस्बिर पोष्ट गर्ने क्रम शनिबारसम्म पश्चिमी सीमान्त सहर महेन्द्रनगरसम्म आगोसरी फैलिएको छ । कोरोनाले सबै क्षेत्रलाई अतित सम्झाएको छ । फेसबुककर्ताहरुले पुराना तस्बिर पोष्ट गरी आफ्नो अतिति सम्झि रहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौंका ७८ जनामा आरडीटी पोजिटिभ

अधिवक्ता पाण्डेय भन्छन्,‘सबै साथी भाईले पुरानो फोटो पोष्ट गरेको देखे, मैले पनि पुराना एल्बम खोज्दा त्यो फोटो पोष्ट गरि दिए, त्यो भन्दा पुराना अरु भेटिएन ।’

आफ्ना पुराना तस्बिर फेसबुकमा पोष्ट गर्नेमा बार काउन्सिल केन्द्रीय सदस्य अधिवक्ता पाण्डेय सहित संघीय सरकारका साँसद, स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, व्यवसायी लगायत छन् ।

भीमदत्त नगरपालिकाका नगर उपप्रमुख सुशिला चन्द सिहले रातो सारीमा दाँया हातमा लोटा समातेको सहित विभिन्न पुरानो तस्बिर फेसबुकमा राखेकी छन् । त्यसमा उनका विवाहका तस्बिर समेत छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो, अमेरिकामा साढे ८६ हजार संक्रमित
उपप्रमुख चन्द

भीमदत्त नगरपालिका–७ का केशवदत्त बडुले २०५२ मा सिद्धनाद्ध बहुमुखी क्याम्पसमा पढ्दा स्थानीय पार्कमा खिचेको तस्बिरलाई फेसबुकमा पोष्ट गरेका छन् ।

३१ ज्नाले कमेन्ट गरेको उनको तस्बिरमा अधिकाँशले नाइस भनेका छन् । एक जनाले भने १६ वर्षे हिरो देखिएको भनेर कमेन्ट गरेका छन् ।

सरकारले विश्वव्यपारी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण (कोभिड–१९) विरुद्ध देशव्यापी लकडाउन गरेको छ । लकडाउनको समयले मिलेको फुर्सदलाई सदुपयोग गर्न पुराना तस्बिर राखिएको अधिवक्ता पाण्डेले बताए । उनले भने,‘त्यो बाहेक अरु केही पनि छैन, टाइम पास गर्नका लागि हो ।’

फुर्सदको सदुपयोग गर्न फेसबुकमा राखिएका त्यस्ता तस्बिरप्रति सामाजिक सञ्जालमा आंशका गर्न थालिएको छ ।

फेसबुक प्रयोगकर्ताहरुले नै ती तस्बिरको सन्देशको अर्थ खोज्न थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाले कोरोना महामारी फैलिरहेको बेला पुराना तस्बिरले दिने सन्देशबारे जिज्ञासा राखेका छन् ।

याे पनि पढ्नुस  पाकिस्तानमा फेरि थपियो लकडाउन

अध्यक्ष थापाले घुमाउरो पारामा लेखेको स्टेटशमा कोरोना महामारीका बेला राखिएका पुराना तस्बिरबाट गलत सन्देश प्रवाह हुने चिन्ता जाहेर गरिएको छ । उनले फेसबुक प्रयोगकर्तालाई सबैको मनोबल उच्च हुने सन्देश प्रवाह गर्न उल्लेख गर्दै कोरोनाबाट बच्न अनुशासित हुन आग्रह गरेका छन् ।

अधिवक्ता पाण्डेले भने लकडाउनको समय सदुपयोग गर्न बाहेक अरु केही रहस्य नभएको उल्लेख गर्दै भने, ‘यसमा त्यस्तो अरु केही छैन, खाली टाईम पास मात्रै हो ।’

कमेन्ट गर्नुहोस्