भारतमा पीएम केयर फण्डको स्थापना, अक्षय कुमारले गरे २५ करोड दिने घोषणा

नयाँ दिल्लीः भारतमा कोरोना भाइरसका कारण अर्थतन्त्र र सामाजिक जीवन तहसनहस हुन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पिएम केयर कोषको स्थापना गरेका छन् ।

केन्द्र र राज्य सरकारहरुले लकडाउन पूर्णरुपमा कार्यान्व्यन गर्न पुरै कोशिस लगाएका छैन । तर संक्रमण रोकिने क्रम भने देखिँदैन ।

याे पनि पढ्नुस  इटालीद्वारा पूरा देश ‘लकडाउन’

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न पिएम केयर फण्डको घोषणा गरेका छन् ।

प्रधानमन्त्री मोदीले कोषमा सहयोग गर्न देशवासीमा अपील समेत गरोक छन् ।

प्रधानमन्त्रीको घोषणा सार्वजनिक भएपछि सबैभन्दा पहिला बलिउडका चर्चिच कलाकार अक्षय कुमारले २५ करोड रुपैयाँ दिने जानकारी दिएका छन् । अक्षय कुमारले ट्टिवरमार्फत यसको जानकारी गराएका हुन ।

याे पनि पढ्नुस  नेपालमा कोरोना भाइरस संक्रमण किन कम देखियो ? यी हुन् ५ कारण

पिएम फण्डमा सानो रकमदेखि ठूलो रकमसम्म दान गर्न प्रधानमन्त्रीले अपील गरेका छन् । यसबाट विपतसँग जुध्ने क्षमता बढनुका साथै विपरिति परिस्थितिमा समेत आम मानिसलाई सहयोग गर्न सकिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्