हजबाट फर्केका एकै परिवारका २० जनामा कोरोना संक्रमण

मुम्बईः भारतको महाराष्ट्रमा एकै परिवारका २० जनामा कोरोना संक्रमण देखिएको छ ।

राज्यको सांगली जिल्लामा हजबाट फर्केका परिवारमा संक्रमण देखिएको हो । जनसत्तामा प्रकाशित समाचार अनुसार, उक्त परिवारका ४ जना हज यात्राबाट फर्केका थिए ।

परिवारमा काम गर्ने तीन जना मजदूर पनि संक्रमित भएका छन् । यी चार जना एउटा बिवाहमा समेत सहभागी भएको बुझिएको छ । त्यहाँ सहभागी सबैलाई क्वारेन्टाइनमा राखेर उनीहरुको समेत नमुना जाँच भइरहेको समाचारमा उल्लेख छ ।

याे पनि पढ्नुस  स्वाब संकलनमा खटिएका ४ सुरक्षाकर्मीमा कोरोना संक्रमण

यसबाट अरु व्यक्तिहरु पनि संक्रमित भएको अनुमान गरिएको छ ।

सांगलीमा अहिलेसम्म २३ जना संक्रमित देखिएका छन् ।

शनिबारका दिन महाराष्ट्रमा ६ वटा नयाँ घटना थपिएका छन् । अहिलेसम्म महाराष्ट्रमा १५९ जना संक्रमित हुन पुगेका छन् ।

सांगली जिल्ला अधिकारी डा. अभिजितका अनुसार यो परिवारसँग जोडिएका ४७ जनाको पहिचान भएको छ भने सबैलाई क्वारेन्टाइनमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्