तस्बिरमा हेर्नुस् भारतमा कोरोनाको त्रासदी

नयाँ दिल्लीः भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको छ । शुरुमा विदेशबाट आएका भारतीयमा मात्रै देखिएको कोरोना अहिले भने आम मानिससम्म पुगेको छ ।

कोरोनासँग लड्नका लागि भारत सरकारले २१ दिन लकडाउनको घोषणा गरेपनि त्यसले आम जनजीवन झनै तहसनहस भएको छ । पर्याप्त तयारी बिना लकडाउन घोषणा गरिएपछि हजारौं मानिस सडकमा पुगेका छन् । खासगरी भारतका ठूला शहरमा कामको खोजीमा गएकाहरु सबैभन्दा बढी समस्यामा परेका छन् ।

याे पनि पढ्नुस  उत्तर प्रदेशका मुख्यमन्त्रीले भने, ‘घर फर्किन चाहने नेपाली जान सक्नुहुन्छ’

कामबाट निकालिने र खानका लागि पैसा समेत नहुने अवस्था देखेपछि सैकडौं मजदूर पैदल नै घर जान हिंडेका छन् । कतिपय स्थानमा ठेला र रिक्सामा परिवार बोकेर समेत घर जान हिंडेका तस्वीर देखिएका छन् ।

प्रधानमन्त्री मोदी तथा दिल्लीका मुख्यमन्त्रीले खान बस्न सुविधा उपलब्ध गराएको बताएपनि आज बिहान मात्रै दिल्लीको बस अड्डामा हजारौं मानिसको जुलुस देखिन्थ्यो ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक

यसैबीच उत्तर प्रदेश सरकारले भने पञ्जाब र यूपीका गाउँमा पुर्याउन दुई सय बस सञ्चालन गर्ने बताएको थियो ।

बस सञ्चालन गर्ने खबरपछि मानिसहरु झनै बसपार्कमा ओइररिएका देखिन्थे ।

लकडाउनले धनीहरुलाई भन्दा गरीबलाई निकै बढी असर गरेको छ । मुम्बईमा समेत लकडाउनको अवधिमा ठूलो भीड लागेका तस्वीर सार्वजनिक भएका छन् ।

याे पनि पढ्नुस  मोदीद्वारा २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा, लकडाउन जारी रहने

भारतमा अहिलेसम्म ९३३ जना संक्रमित बनेका छन् । आज मात्रै ४७ नयाँ घटना सार्वजनिक भएका छन् । आज सबैभन्दा धेरै कर्नाटकमा संक्रमणका घटना सार्वजनिक भएका थिए ।

संक्रमणबा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

 

 

तस्वीरहरुः भारतका बिभिन्न समाचार एजेन्सीबाट साभार गरिएको

कमेन्ट गर्नुहोस्