अमेरिकापछि इटालीले पनि उछिन्यो चीनलाई

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा इटालीले चीनलाई उछिनेको छ ।

वर्ल्डमिटर इन्फोको तथ्यांक अनुसार इटालीमा शनिबार साँझ ७ बजेसम्म कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । जबकी चीनमा संक्रमितको कूल सङ्ख्या ८१ हजार ३९४ रहेको छ ।

याे पनि पढ्नुस  प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो

अहिले अमेरिकामा सर्वाधिक १ लाख ४ हजार संक्रमित रहेका छन् । इटालीमा अहिलेसम्म ९ हजार बढीले ज्यान गुमाएका छन् ।

यो आँकडा विश्वकै कुनै पनि मुलुकमध्ये सबैभन्दा बढी हो । इटालीपछि स्पेनमा ५ हजार १ सय ३८ तथा चीनमा ३ हजार २९५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा यो सङ्ख्या १७ सय करिब रहेको छ ।

कमेन्ट गर्नुहोस्