खरिदारको दरखास्त दिने म्यादमा निरन्तरता (सूचनासहित)

काठमाडौंः लोकसेवा आयोगले खरिदार वा सो सरहका विभिन्न पदको लिखित परीक्षाको विज्ञापन दरखास्त दिने म्याद निरन्तरता दिएको छ ।

दरखास्त दिने म्याच चैत १८ गतेसम्म तोकिएको भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि आयोगले एकल दस्तुर अवधिलाई निरन्तरता दिएको हो ।

याे पनि पढ्नुस  बुधबार प्रकाशित लोकसेवा आयोगका महत्वपूर्ण सूचना

आयोगले आज एक सूचना जारी गर्दै लेखेको छ, ‘लोकसेवा आयोगमा चैत २८ मा प्रकाशित राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका विभिन्न पदको आ.प्र., खुला÷समावेशी प्रतियोगिताम्क लिखित परीक्षाको विज्ञापनमा दरखास्त दिने अन्तिम मिति चैत १८ सम्म तोकिएकोमा कोरानाका कारणबाट सिर्जना भएको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै उक्त विज्ञापन मार्फत दरखास्त दिन एकल दस्तुर अवधिलाई अर्को सूचना प्रकाशन नभएसम्मका लागि निरन्तरता दिएको छ ।’

याे पनि पढ्नुस  लोकसेवाको नतिजा किनबेचः आठपटकसम्म नाम निकालेर नियुक्ति नलिएको

कमेन्ट गर्नुहोस्