युवा संघ नेपालका संयोजक दीपशिखाको आग्रहः ‘विदेशबाट आएकालाई खोजी–खोजी क्वारेन्टाइनमा राखौं’

काठमाडौंः राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विदेशबाट नेपाल फर्किएका सबैको खोजी गरी क्वारेन्टाइन राखेर स्वास्थ्य जाँच गर्नुपर्ने बताएका छन् । एकपछि अर्कोगर्दै विदेशबाट आएकाहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिन थालेपछि संयोजक सापकोटाले उनीहरुको लागत निकाली अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नुपर्ने बताएका हुन् ।

याे पनि पढ्नुस  इटली र फ्रान्समा कोरोना संक्रमण दर घट्दो, ब्राजिलमा भने बढ्दो

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विदेशबाट आएकाहरुको खोजीमा स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्ने र त्यतिले नपुगे कर्मचारी, स्वास्थ्य अधिकारी र सुरक्षाकर्मीलाई परिचालन गर्न आग्रह गरेका छन्। उनले त्यतिले नपुगे आफूहरु स्वयंसेवक बन्न तयार रहेको बताएका छन्।

याे पनि पढ्नुस  १८ जनामा फेरी देखियो संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

‘स्थानीय प्रतिनिधिी कर्मचारी, स्वास्थ्य अधिकारी, परिचालन गरौं, नपुगे सुरक्षा संयन्त्र खटाउ, अझ नपुगे भोलन्टियर हामीजस्ता युवा विद्यार्थीहरूले दिन्छौं। मेडिकल शिक्षाका विद्यार्थीहरू पनि छन्’, अध्यक्ष सापकोटाले फेसबुकमा लेखेका छन्, ‘युद्दस्तरमा काम गरौं, ३–५ दिनभित्र लगत निकाल्न सकिन्छ।’

स्थानिय सरकार छ । तिनका प्रतिनिधि छन्, तिनीसॅग कर्मचारि संयन्त्र छ । स्वास्थ्य अधिकारी र संयन्त्र छ । सरकारले तिनका…

Posted by Ram Prasad Sapkota Deepshikha on Saturday, March 28, 2020

कमेन्ट गर्नुहोस्