कोरोना नियन्त्रणको तयारीबारे राष्ट्रपति भण्डारीले लिइन् ब्रिफिङ

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपालमा पारेको असर र त्यसको तयारीबारे सरकारबाट जानकारी लिएकी छन् ।

कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडालाई बोलाएर राष्ट्रपति भण्डारीले संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको तयारीबारे जानकारी लिएकी हुन् ।

याे पनि पढ्नुस  धनगढीको प्रयोगशालामा २ जनाको रिपोर्ट शंकास्पद, थप परीक्षणका लागि काठमाडौं पठाइयो

‘स्वास्थ्यकर्मीहरूलाई अत्यावश्यकीय सामाग्री पुगेन भन्‍ने सुन्छु, ‘राष्ट्रपति भण्डारीले मन्त्रीद्वयसँग गरेको कुराकानी उद्धृत गर्दै शितल निवास स्रोतले भन्यो, ‘मानवजगतमाथि आइपरेको यो संक्रमणविरुद्धको तयारीका लागि कुनै कसर बाँकी नराख्‍नु ।’

भेटमा मन्त्रीद्वयले सरकारले गरेको तयारी र अहिलेसम्मको अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए। उनीहरूले चीनको गोन्जाओबाट शनिबार रातिसम्ममा अत्यावश्यकीय स्वास्थ्य किट आइपुग्‍ने र आइतबार प्रदेशहरूमा आवश्यकताअनुरुप वितरण गरिने बताएका थिए।

कमेन्ट गर्नुहोस्