अष्ट्रेलियामा ६ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि

काठमाडौंः अष्ट्रेलियामा ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ‘पोजेटिभ’ देखिएको पुष्टि भएको छ।

सिड्नीमा चार विद्यार्थी र मेलबर्नमा दुई जना गरी ६ नेपाली कोरोनाको संक्रमण देखिएको पुष्टि भएको हो ।

एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देब गुरुङका अनुसार सिड्नीको ग्रानभिलको एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने सहायक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  टेकुमा कोरोना भाइरस जाँच गर्नेको भीड, कतिले गराए पहिलो दिन परीक्षण ?

उनीहरू हाल आइसोलेसनमा रहेका छन् । एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य दुई जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको गुरुङले बताए ।

ग्रान्भिल क्षेत्र नेपालीहरूको बाक्लो बस्ती रहेको एरिया हो । त्यसै गरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रोपोर्ट अझै आउन बाकी छ ।

कमेन्ट गर्नुहोस्