नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा काेराेना उपचार काेषमा २ लाख १ हजार जम्मा गर्ने निर्णय


काठमाडौंः राष्ट्रिय कर्मचारी संगठनले कोरोना रोकथाम तथा उपचार कोषमा कर्मचारीका तर्फबाट आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

संगठनका अध्यक्ष हरि रावलको अध्यक्षतामा बसेको बैठकले सरकारको घोषणामा सहयोग पुर्याउन सम्पुर्ण कर्मचारिलाई अपील गर्ने निर्णय गरेको हो ।

संगठनका उपाध्यक्ष अम्बादत्त भट्टले दिएको जानकारी अनुसार, संगठनको आज बसेको बैठकले सरकारले घोषणा गरेबमोजिम राष्ट्र सेवक कर्मचारिसँग अपिल गरिएको रकम प्रदान गरि सरकारको अभियानमा साथ दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  धनगढीको प्रयोगशालामा २ जनाको रिपोर्ट शंकास्पद, थप परीक्षणका लागि काठमाडौं पठाइयो

सरकारको निर्णय अनुरुप संगठनका तर्फबाट २ लाख १ हजार रुपैयाँ कोषको खातामा जम्मा गर्ने निर्णय आजको बैठकले गरेको छ । यो रकम संगठनको कोषबाट सरकारलाई दिईने कुरा भट्टले जनाए ।

सरकारले  सचिव र सहसचिव तहका कर्मचारीले ७, उपसचिव र अधिकृतले ५ र सो भन्दा मुनिका कर्मचारीले आफ्नो मासिक तलब बराबर ३ दिनको रकम कोषमा योगदान गर्न अपिल गरेको थियो ।

याे पनि पढ्नुस  १ युवकमा कोरोना संक्रमण पुष्टिपछि मैतीदेवी क्षेत्र सिल

यसैगरी सरकारले अघि सारेका उपचार, रोकथाम तथा राहतका सबै अभियानमा समेत सक्रियतापूर्वक सहभागी हुन समेत संगठनले सबै कर्मचारीमा अपिल गरेको छ ।

बैठकले सातवटै प्रदेशमा कोरोना संक्रमणको परिक्षणका लागि प्रयोगशाला स्थापना, दैनिक ज्यालादारि गर्ने तथा विपन्न जनतालाइ राहतको घोषणा एवं स्वास्थ तथा अन्य पेशागत क्षेत्रमा कार्उरतहरुलाई आवश्यक चिकित्सकीय सुरक्षाको व्वस्था गर्न समेत माग गरेको छ ।

याे पनि पढ्नुस  गोकर्णेश्वरका सङ्क्रमितको सम्पर्कमा आएका सबैको रिपोर्ट आयो

पढ्नुस् विज्ञप्ति–

कमेन्ट गर्नुहोस्