प्रधानसेनापति थापाको निर्देशनः ‘बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्नुस्’

काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खटिने सकलदर्जालाई बहादुरी नभई बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका छन्।

प्रधानसेनापति थापाको दश बुँदे निर्देशनमा भनिएको छ, ‘सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वोच्च सेवाभाव देखाउनुहोस्।’

याे पनि पढ्नुस  मुम्बई तथा दिल्लीवाट नेपाल फर्किएकामा संक्रमण बढी

आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्यस्त हुन्छन् भन्दै प्रधानसेनापति थापाले बिरामीले पनि निको भएको अनुभव गर्ने हुनाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न निर्देशन दिए।

प्रधानसेनापतिले भने, ‘आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ-आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस्।’

संकटको अहिलेको घडीमा संयम् र धैर्यता देखाउन निर्देशन दिँदै उनले कठिन समय केही समयको लागि मात्रै हो भन्ने सदैव ख्याल राख्न सुझाव दिए।

याे पनि पढ्नुस  ओमान प्रवेशमा तत्कालका लागि रोक

‘सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुस्, आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्थ्यकर्मीलाई उच्च सम्मान गर्नुस्,’ उनले भने।

सहकर्मीप्रति सदैव सहयोगी भावना राख्न, सैनिक सेवाको मर्यादा र धर्म बुझेर काम गर्न निर्देशन दिँदै उनले बिसञ्चो भएमा घर ब्यारेकमा नै बस्न, आवश्यक भए परीक्षण गराउन र शारीरिक दुरी कायम हुने गरी आफूलाई आइसोलेसनमा राख्न सल्लाह दिए।

याे पनि पढ्नुस  उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

प्रधानसेनापति थापाले आफूलाई सुरक्षित राख्न व्यक्तिगत सरसफाइ उच्चस्तरमा राखी अरुसँग सदैव १।५ मिटर भन्दा बढी शारीरिक दुरी कायम गर्न सुझाव दिए।

प्रधानसेनापतिले भने, ‘संकटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोखाउनुहोस्।’ रासस

कमेन्ट गर्नुहोस्