कण्डमको अभाव सुरु

कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै गर्भनिरोधक साधन कण्डमको अभाव हुन थालेको छ ।

विश्वकै ठूलो कण्डम उत्पादक कम्पनीले आफ्नो उत्पादन रोकेको जनाएको छ । मलेसियाको करेक्स बिएचडीले उत्पादन नै रोकेको हो । विश्वभर पाइने हरेक पाँच कण्डममध्ये एउटा कण्डम मलेसियन कम्पनी करेक्सको हुन्छ ।

हाल उक्त कम्पनीले मलेसियामा रहेका आफ्ना तीनवटै फ्याक्ट्रीबाट उत्पादन रोकेको हो । एक साताअघि यहाँको सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछि उक्त कम्पनी पनि बन्द भएको हो ।

याे पनि पढ्नुस  कोरोनाबाट बच्न रातारात काठमाडौं भित्रिने बढे

जब कि, मार्केटमा पहिलेदेखि नै एक करोड जति कण्डमको अभाव भएको बताइन्छ । उक्त कम्पनीलाई शुक्रबार कण्डम पुनः उत्पादन गर्न सरकारले अनुमति दिएको थियो । तर, ५० प्रतिशत कामदारसहित संकटमा रहेका उद्योगका लागि विशेष छुट गर्नुपर्ने शर्तमा ।

‘यसका लागि समय लाग्छ । र हामी आधा क्षमतामा माग पूरा गर्न प्रयास गर्नेछौँ,’ कम्पनीका प्रमुख गोह मिआ किटले भनेका छन् । साथै विश्वव्यापी रुपमा जताततै डरलाग्दो तरिकाले कन्डम अभाव हुने उनले बताएका छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमित युवतीसँग कतार एयरवेजमा आएका सबैको पहिचान

‘मेरो चासो अफ्रिकामा हुने मानवीय कार्यक्रमका लागि हो । अभाव दुई हप्ता वा महिनाका लागि हुँदैन, अभाव महिनौँसम्म हुनेछ,’ किटले भने । दक्षिणपूर्वी मुलुकमा कोरोनाबाट अति प्रभावित भएको मलेसिया पनि हो । जहाँ २ हजार १ सय ६१ संक्रमित छन् । साथै २६ जनाको मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना भाइरसबाट दोस्रो मृत्यु, ८२ जना संक्रमित

अप्रिल १४ सम्मका लागि मलेसियन सरकारले लकडाउन घोषणा गरेको छ । यसवाहेक धेरै कन्डम उत्पादन गर्ने देश चीन पनि हो ।

कमेन्ट गर्नुहोस्