गर्भवती डाक्टरः जसले डेलिभरी डेटको वास्ता नगरी दिइन् कोरोनाविरुद्धको लडाईंलाई एउटा नयाँ दिशा

नयाँ दिल्ली:  कोरोना भाइरसविरुद्धको लडाईमा भारतको आलोचना अहिलेसम्म कम मानिसको जाँच गरियो भनेर हुँदै आएको छ । तर अब यो स्थिति परिवर्तन हुने आशा गर्न थालिएको छ ।

यो परिवर्तनको आशा एकजना भाइरोलोजिष्टको कोशिसबाट जागेको हो । यी महिला भाइरोलोजिष्टले आफूले बच्चा दिनुभन्दा केही घण्टा अघिसम्म लगातार काम गर्दै कोरोनाविरुद्धको लडाईलाई नयाँ आयाम दिन सफल भइन ।

गत बिहिबारका दिन भारतमा निर्मित पहिलो कोरोना भाइरस टेस्टिङ किट बजारमा आएको छ । शंकाष्पद घटनाहरुमा यो किटको माध्यमबाट कोरोनाका बिरामीको छिटो पुष्टि हुने विश्वास गर्न थालिएको छ । पुनाको माइ ल्याब डिस्कभरी भारतको पहिलो यस्तो फर्म हो, जसलाई टेष्टिङ किट तयार गर्न त्यसको बिक्री गर्ने अनुमति पाइएको छ ।

यो फर्मले यसै साता पुणे, मुम्बई, दिल्ली, गोवा र बेंगलुरुमा आफ्ना १५० टेष्ट कीटको पहिलो किस्ता पठाएको छ । माइल्याब डिस्कभरीका मेडिकल मामिला निर्देशक डां गौतम वानखेडेले बिबिसीलाई जनाए अनुसार कम्पनी यो हप्ता पनि काम गरिरहेको छ र अर्को किस्ता सोमबार पठाउने छ ।

यो मलिक्यूलर डाइग्नोष्टिक कम्पनीले एचआईभी, हेपाटाइटिस बी र सीसहित अन्य बिमारीका लागि पनि परीक्षण कीट तयार गर्ने गर्दछ । कम्पनीले एक हप्ता भित्र एक लाख कोरोना टेष्ट कीटको आपूर्ति गर्ने र आवश्यकता परे दुई लाख किटसम्म तयार गर्न सक्ने दावी गरेको छ ।

गर्भवती भाइरोलोजिष्टले बनाएकी थिइन किट
माइल्याबको प्रत्येक एक किटबाट १ सय नमुनाको जाँच हुन सक्छ । यो किटको मूल्य १२ सय रुपैयाँ रहेको छ । यो विदेशबाट मगाइने किटको मूल्य भारतीय रुपैयाँ ४५०० को तुलनामा निकै कम हो ।

याे पनि पढ्नुस  १४९७ संक्रमित थपिए, निको हुने ५० हजार नाघे

माइल्याब डिस्कभरीका रिसर्च र डेभलपमेन्ट प्रमुख भाइरोलोजिष्ट मीनल दखावे भोसले भन्छन, “हाम्रो किट कोरोना भाइरसको संक्रमणको जाँच अढाई घण्टामा गर्न सक्छ, जबकि विदेशबाट आउने किटमा यो जाँच गर्न ६, ७ घण्टा लाग्ने गर्दछ ।”

मीनल त्यो टीमको प्रमुख हुन जसले यो किट अर्थात् पाथो डिटेक्ट तयार गरेको हो । त्यो पनि निकै कम समयमा । यस्तो किट तयार गर्न सामान्यतः तीन चार महिना लाग्ने गर्दछ । तर यो टीमले ६ हप्ताको रेकर्ड समयमा यसलाई तयार गरेको हो ।

रोचक कुरा त के छ भने यो अवधिमा मीनल आफै पनि एउटा डेडलाईनको सामना गरिरहेकी थिइन । गत हप्ता नै उनले एउटा बेबी गर्ललाई जन्म दिएकी छिन् । गर्भावस्थामा नै उनले गत महिना टेष्टिङ किट प्रोजेक्टमा काम गर्न सुरु गरेकी थिइन ।

“यो आपतकालिन परिस्थिति थियो, त्यसैले मैले यसलाई च्यालेन्जको रुपमा लिएँ । मलाई आफ्नो देशको सेवा गर्नु छ ।” मीनलका अनुसार, १० जना वैज्ञानिकहरुको टीमले यो प्रोजेक्ट सफल गर्न निकै मेहनत गर्नु परेको थियो ।

छोरी पाउनुभन्दा एक दिन अगाडि मात्रै १८ मार्चका दिन उनले यो किटके जाँचका लागि यसलाई नेसनल इन्स्च्यिूट अफ भाइरोलोजिमा पठाएकी थिइन ।
त्यही साँझ अस्पताल जानु अघि यो किटको प्रस्तावलाई भारतको फुड एण्ड ड्रग्स कन्ट्रोल अथोरिटीकाँ व्यवसायिक अनुमतिका लागि पठाइन ।
“हामीसँग निकै कम समय थियो । हाम्रो प्रतिष्ठाको पनि प्रश्न थियो । तर पहिलोपटकमा नै सबै कुरा ठीक भयो । हाम्रो कोशिसको नेतृत्व मीनलले गरिरहेकी थिइन ।”

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

मेडिकल रिसर्च
यो किटलाई परिक्षणका लागि पठाउनु अघि टीमले यसलाई अलग अलग मापदण्डमा कैयनपटक जाँच गरेको थियो ताकि यसको परिणाम ठोस निस्किन सकोस् ।

मीनल भोसले भन्छिन, “यदि तपाईलाई कुनै स्याम्पलको १० टेष्ट गर्नु छ भने सबै दश टेष्टको परिणाम एउटै हुनुपर्छ । हामीले यो परफेक्सन हासिल गर्न सक्यौं । हाम्रो किन पर्फेक्ट ।”

भारत सरकारको इण्डियन कउन्सिल फर मेडिकल रिसर्चले माइल्याब किटलाई सही प्रमाणित गरेको छ । नेसनल इन्स्च्यिूट अफ भाइरोलोजि यसै काउन्सिलको मातहतमा काम गर्दछ ।

काउन्सिलका अनुसार, माइल्याब मात्रै एक्लो कम्पनी हो जसको किटको परिणाम सय प्रतिशत सही छ । भारतमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने टेष्ट निकै कम भएका छन् । यहाँ प्रति दश लखमा ६.८ जनाको मात्रै टेष्ट गरिएको छ । जुन संसारमा नै सबैभन्दा न्यूनतम दर हो ।

शुरुआतमा भारतमा उच्च जोखिम भएका देशबाट फर्केकाहरुको या संक्रमित बिरामी तथा तिनीहरुको उपचार गरिरहेका स्वास्थ्यकर्मीको मात्रै टेष्ट गरियो ।
पछि सरकारले श्वासप्रश्वास सम्बन्धी गम्भीर बिमारीहरुका कारण अस्पताल भर्ना भएका बिरामीको पनि जाँच गर्नुपर्ने बतायो । तर संक्रमणको क्षेत्र दिनप्रतिदिन बढदै गइरहेका छ ।

याे पनि पढ्नुस  काठमाडौंबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

पछिल्ला दिनहरुमा भने जाँचको संख्या बढाइएको छ । शुरुमा सरकारी ल्याबलाई मात्रै यसको अनुमति दिइएको थियो तर अहिले केही नीजि ल्याबहरुलाई पनि यसमा समावेश गरिएको छ ।

बिहिबारका दिन भारतका १५ निजि ल्याबहरुाई लाइसेन्सका आधारमा व्यवसायिकरुपमा अमेरिका, यूरोप र अन्य केही देशबाट मगाएका डाइग्नोष्टिक किट बेच्ने अनुमति दिइएको छ ।

डा. वानखेडेका अनुसार, ल्याब र आपूर्तिकर्ताहरुको संख्या हरेक दिन बढ्दै गइरहेका छ, यस्तो अवस्थामा टेष्टमा तीब्रता आउने छ । संक्रमण रोक्न टेष्टको बढदो संख्या निश्चितरुपमा पनि लाभदायी हुने छ । तर भारतमा नाममात्रको स्वास्थ्य सुविधालाई हेर्दा विश्लेषकहरु तत्काल जाँचको सख्ंया बढाउनुपर्ने माग गरिरहेका छन् ।

भारतकी पूर्व स्वास्थ्य सचिव सुजाता राव भन्छिन, “सानो भन्दा सानो देश दक्षिण कोरियामा पनि कोरोना भाइरस टेष्ट गर्ने ६५० ल्याब छन्, हामीकहाँ कति छन?” भारतमा अहिले ११८ सरकारी ल्याबमा कोरोना संक्रमणको जाँच हुने व्यवस्था छ ।

सरकारी अधिकारीका अनुसार ५० निजि ल्याबलाई यसमा छिट्ट्र नै समावेश गरिने छ । तर १.३ अर्ब मानिसको जनसंख्यका अगाडि यो पर्याप्त छैन । “भारतलाई यस्ता ल्याबहरुको संख्या बढाउनु पर्नेछ । त्यसपछि त्यहाँ टेष्टिङ किट पुगाउनु पर्नेछ । प्राविधिकहरुलाई प्रशिक्षत गर्नुपर्ने छ । यो सबै कुरा गर्दा समय लाग्ने छ ।”

साभारः गीता पांडेयबीबीसी न्यूज़, दिल्ली
एभरेष्ट दैनिकका लागि अनुवाद गरिएको

कमेन्ट गर्नुहोस्