काेराेना संक्रमणबाट स्पेनकी राजकुमारीकाे मृत्यू

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ।

मारियाकाे मृत्यु भएकाे पुष्टि भाइ हेनरीले गरेका छन्। मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन्।

कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको डेलीमेलले जनाएको छ। अर्कातिर बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।

कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ। संक्रमतिको संख्या ७२ हजार नाघको छ।

कमेन्ट गर्नुहोस्