काठमाडौंः ‘लकडाउन’ उल्लघंन गर्ने २ सय जनालाई प्रहरीले आइतबार बिहानै पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ५५ महिला छन् ।
कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको ‘लकडाउन’को उल्लघंन गरेको भन्द्र प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
आजबाट ‘लकडाउन’को उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राखिने महानगरीय प्रहरी कार्यलय, रानीपोखरीले जनाएको छ ।
यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर ब्रिफिङ् गरेर छोडिनेछ ।
शनिबार ‘लकडाउन’ उल्लघंन गर्ने करिब ५ सय जना पक्राउ परेका थिए ।