कोरोनाविरुद्ध अभियानमा लागेका वडाध्यक्षको खुट्टा भाँचियाे

जाजरकोटः जिल्लाको छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ ।

नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा शनिबार बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो ।

याे पनि पढ्नुस  भारतमा कोरोना भाइरसबाट ४८० को मृत्यु

गएराति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमिनमा छाडेर हिँडेको अवस्था भेटिएको नगरपालिका प्रमुख लालबहादुर महतरा बताए।

गएराति नै सिंहलाई २ खुट्टा भाँचेर पाखो जमीनमा छाडेको अवस्थामा भेटिएको थियो । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  आजबाट २०७७ साल शुरू, कोरोनाले छैन उल्लास

घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा कारवाहीको माग गरेका छन् । दोषीमाथि कारवाही र घाइतेको उपचार तत्काल गर्न माग गरिएको छ ।

कोरोनाविरुद्धको अभियान रहेका अध्यक्ष सिंहमाथि आक्रमण गर्ने अपराधी हुन् भन्दै दोषीमाथि तुरुन्तै कारवाही र घाइतेको तत्काल उपचार गर्नसमेत माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्