कोरोना राहत कोषमा १ लाख दिने वर्षाको घोषणा

काठमाडौंः नायिका वर्षा सिवाकोटीले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् ।

वर्षाले लेखेकी छिन्, मेरो इच्छा छ कि, यो पैसा दैनिक काम गरेर जीवन गुजारा गर्नेहरुलाई जाओस् ।’

याे पनि पढ्नुस  कोरोना राहत कोषमा नेशनल लाइफको ५१ लाख सहयोग

आफैँलाई त्यहाँ गएर राहत दिने रहर भएपनि यस्तो अवस्थामा बाहिर निस्किन नसकिने भन्दै उनले सरकारलाई नै सहयोग गरेको बताएकी छिन् ।

वर्षाले कोरोनाविरुद्धको लडाईमा खटिएका स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पनि विशेष धन्यवाद दिएकी छिन् ।

कमेन्ट गर्नुहोस्