नेकपा युवा नेता जीवन आचार्यद्वारा ५ सय असहाय परिवारलाई राहत वितरणको अभियान शुरु

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता जीवन आचार्यले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लगाएको ‘लकडाउन’को समयमा असहाय परिवारलाई राहत वितरणको अभियान सुरु गर्ने भएका छन् ।

गरिब, मजदुर तथा असहाय ‘लकडाउन’को बढी मारमा परेकाले नेता आचार्यले उनीहरुलाई सोमबारबाट राहत वितरण गर्ने भएका हुन् ।

याे पनि पढ्नुस  केही न केही तयारी शुरु गराैं सरकार- जीवन आचार्य

आइतबार सामाजिक सञ्जालमा फेसबुकमा उनले लेखका छन्, ‘मेरो गाऊ अनि क्षेत्रमा रहेका रोजी गरेर विहान–बेलुका हातमुख जोड्ने पाँच सय घर परिवारलाई भोलिबाट लकडाउनलाई मध्यनजर गर्दै कुनै भिडभाड घर–घर मैं राहत सामग्री वितरण गर्ने अभियान शुरु गर्दैछौं । यो अभियानमा यहाँहरु सबैको सहयोगका लागि अनुरोध गर्दछाैँ ।’

याे पनि पढ्नुस  नेकपा नेता जीवन आचार्यको पहलमा देउसी खेलेको रकम जीवन शर्माका छोराको उपचारमा

नेता आचार्यले यस्तो कठिन समयमा यस्ता अभियान देशभर सञ्चालन गरेर सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्