वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

काठमाडौंः विश्‍वभर व्यापक रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्‍न सरकारलाई सिफारिस गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले लकडाउनको अवधि थप्‍न मन्त्रिपरिषद्‍मा सिफारिस गरेको हो । तर, कति अवधि थप्‍ने भन्‍ने निर्णय आजै बस्‍ने मन्त्रिपरिषद्‍ बैठकले गर्ने छ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले समितिले लकडाउनको अवधि थप्‍ने निर्णय लिएको हो। सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो

याे पनि पढ्नुस  कोरोना भाइरसबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु ?

हवाई उडान नखुल्ने समितिले अझै वैशाख पहिलो सातासम्म हवाई उडान नखोल्ने निर्णय लिएको छ । अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आगामी वैशाख ३ गतेसम्म लम्ब्याइएको हो।

कमेन्ट गर्नुहोस्