आरक्षपीडित, सुकुम्बासी र मजदुर बस्तीमा खाद्यान्न अभाव

सातादेखि लकडाउन भएपछि कञ्चनपुरका आरक्षपीडित, भूमिहिन, सुकुमबासी, मुक्त हलिया लगायत विपन्न एव मजदुर वर्गका बस्तीमा खाद्यान्न अभाव भएको छ । मजदुरी गरि गुजारा चलाउदै आएका आरक्षपीडित, भूमिहिन, सुकुमबासी, मुक्त हलिया विपन्न एव मजदुर वर्गका बस्तीमा खाद्यान्न अभाव भएको हो । उनीहरुकाले दैनिक काम गरेर राशन खरिद गर्नेै र त्यहीबाट गुजारा चलाउँदै आएका थिए ।

तर, अहिले लकडाउनका कारण रोजगारीका क्षेत्र बन्द भएपछि उनीहरुका बस्तीमा भोकमरी आउने खतरा भएको छ । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले कञ्चनपुरका विभिन्न आरक्षपीडितका शिबिरमा खाद्यान्न अभाव भएको बताए ।

उनका अनुसार बेलडाँडी,चाँन्देव स्थित ढक्का शिबिर, बेदकोट सुन्दरपुरको शिबिर, कृष्णपुर नगरपालिका वाणि क्षेत्र लगायतका आरक्षपीडितका शिबिरमा खाद्यान्न अभाव हुँदा आरक्षपीडित भोकभोकै बस्नु परेको बताए । ‘घरमा भएको खाद्यान्न सकियो, ‘अध्यक्ष भण्डारीले भने, ‘हाम्रा पीडित अहिले गहुँका बाला काटेर पोलेर खाईरहेका छन् ।’ आरक्षपीडितको पुर्नस्थापना नहुँदा विश्वभरी रुपमा फैलिएको कोरनाका कारण आफुहरुले संक्रमण भन्दा पनि भोकमरीले मर्नु परेको उनले बताए । विस ०५८ सालमा तत्तकालिन शुक्लाफाँटा विस्तारका क्रममा विस्थापित गराएका पीडित विभिन्न शिबिरमा बस्दै आएका छन् ।

लकडाउनका कारण महेन्द्रनगर सालघारीका सुकुमबासी, मुक्त हलिया, कमैया, मजदुर वर्ग विपन्न बस्तीमा खाद्यान्न अभाव हुँदा उनीहरुले भोकभोकै बस्नु परेको बाध्यता छ । मुक्त हलिया अगुवा मोहन दमाईले कोरनाको संक्रमणबाट भोकभोकै बस्नु परेको बताए । उनका अनुसार बस्तीमा खाद्यान्न अभाव हुँदा भोकभोकै बस्नु परेको छ ।

जिल्लाभरीका भूमिहिन, सुकुमबासी, आरक्षपीडित, मजदुर लगायतले खाद्यान्नको माग अघि सारेका छन् । कञ्चनपुरका सरोकारवाला निकायले खाद्यान्न अभाव भएकाले क्षेत्रमा खाद्यान्न वितरण गरिएको बताएका छन् । तर, कहिले वितरण गर्ने हुन भन्ने विषयमा एकिन भएको छैन् ।
रेडियो सुदूरसञ्चारबाट साभार

कमेन्ट गर्नुहोस्