स्मिथले फेरि अष्ट्रेलिया टिमको कप्तानी गर्न पाउने

काठमाडौंः अष्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथले फेरि राष्ट्रिय टिमको नेतृत्व सम्हाल्न पाउने भएका छन् ।

पूर्व कप्तान स्मिथको दुई वर्षे कप्तानी प्रतिबन्ध आइतबारबाट सकिएपछि उनले नेतृत्व गर्ने अवसर पाउने भएका हुन् । स्मिथले अब अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटहरुमा कप्तानी गर्न पाउने छन् ।

याे पनि पढ्नुस  अष्ट्रेलियाका स्टार बलर रिचडर्सनलाई कोरोना संक्रमणको आशंका

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध भएको टेष्ट क्रिकेटमा बल टेम्परिङ काण्डपछि स्मिथलाई क्रिकेट खेल्न र कप्तानी गर्न प्रतिबन्ध लगाइएको थियो । उनलाई खेल्न एक वर्ष प्रतिबन्ध लगाइएको थियो भने कप्तानीबाट दुई वर्ष प्रतिबन्ध लगाइएको थियो । स्मिथसँगै डेविड वार्नर र क्यामरुन ब्यानक्रफ्टलाई पनि क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको थियो ।

याे पनि पढ्नुस  टेस्ट क्रिकेटः स्मिथले बनाए अर्को कीर्तिमान

अहिले टिम पेन अष्ट्रेलियन टेष्ट टिमको कप्तान छन् भने सीमित ओभरको क्रिकेटको कप्तानी आरोन फिन्चले गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्