कोरोनाबाट चिन्तित जर्मनीका प्रान्तीय अर्थमन्त्रीद्वारा आत्महत्या

जर्मनीको हेस्सी प्रान्तका अर्थमन्त्री थोमस स्किफरले आत्महत्या गरेका छन् ।

रोयटर्सका अनुसार कोरोना भाइरसबाट हुने आर्थिक नतिजाको कसरी सामना गर्ने भन्नेमा ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आएका उनले शनिबार आत्महत्या गरेका हुन् ।

उनले कोरोना भाइरसबाट आक्रान्त भएको अर्थतन्त्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पहिलेदेखि नै गहिरो चिन्ता जाहेर गर्ने गरेको त्यहाँका स्टेट प्रिमियर भोल्कर बफेयरले जानकारी दिए ।

याे पनि पढ्नुस  सिंहदरबारभित्र आत्महत्या गर्ने सुब्बा ‘नारायणहिटी हत्याकाण्ड’का प्रत्यक्षदर्शी भान्से थिए

५४ वर्षीय स्किफरको शव शनिबार सोही प्रान्तमा रहेको एउटा रेल ट्र्याक नजिकै भेटिएको थियो । वाइसबाडेन अभियोजन कार्यालयले उनले आत्महत्या गरेको पुष्टि गरेको छ ।

हेस्सी जर्मनीको वित्तीय राजधानी फ्रान्कफर्ट रहेको प्रान्त हो । जहाँ युरोपको धेरै कर्जा प्रवाह गर्ने बैंकहरुको सूचीमा पर्ने ड्युश बैंक लगायतको मुख्यालय समेत रहेको छ ।

याे पनि पढ्नुस  आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कसैले छुट पाउँदैनन्ः मन्त्री पण्डित

युरोपेली केन्द्रीय बैंक समेत फ्रान्कफर्टमा अवस्थित छ। थोमस १० वर्षदेखि हेस्सी प्रान्तका वित्त प्रमुख थिए ।

कमेन्ट गर्नुहोस्