मन्त्रिपरिषद् बैठकः ‘लकडाउन’ चैत २५ सम्म लम्ब्याउने निर्णय

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले थप सात दिन ‘लकडाउन’ लम्बाउने भएको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप सात दिनसम्म ‘लकडाउन’ लम्बाउने निर्णय गरेको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले १८ गतेपछि सात दिन लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म ‘लकडाउन’ हुने भएको छ।

याे पनि पढ्नुस  कोरोना भाइरस संक्रमणको नेपालमा यसरी भयो पुष्टि

यस्तै, मन्त्रिपरिषद् बैठकले विभिन्न राहत घोषणाको निर्णय गरेको छ । राहत र सहुलियतमा मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्म रहेको छ । साँझ ५ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको छ ।

कमेन्ट गर्नुहोस्