एक महिनाको घरभाडा तिर्नु नपर्ने

काठमाडौंः एक महिनाको घर भाडा तिर्नु नपर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न सरकारले ‘लकडाउन’ गरेपछि देशको आर्थिक गतिविधि ठप्प रहेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले घरधनीहरुलाई एक महिनाको घरभाडा नउठाउन अपिल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा नेपाली कोरोना संक्रमित अस्पतालबाट फरार

‘मन्त्रिपरिषद्को बैठकले एक महिनाको भाडा नलिन घरधनीहरुलाई अपिल गर्ने निर्णय गरेको छ’ मन्त्री खतिवडाले भने, ‘यसवापद सरकारले घरधनीहरुसँग घरबाहल कर नलिने पनि निर्णय लिएको छ ।’

कमेन्ट गर्नुहोस्