सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने

काठमाडौं: सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने भएको छ । आइतबार बसको मन्त्रिपरिषद्काे बैठकले श्रमिककाे चैतको रकम तिर्ने निर्णय गरेको हो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका हुन् । सामाजिक सुरक्षा काेष लगायतका काेषहरूमा सहभागी भएका श्रमिकहरूले चैतभरिकाे रकम काेषमा जम्मा गर्नु नपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्