सरकारको राहत प्याकेजः विद्युत, फोनदेखि इन्टरनेट महशुलमा छुट

काठमाडौंः सरकारले कोरोना भाइरस लक डाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट दिने लगायतका निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताए ।

सो अनुसार फागुन र चैत्र महिनाको १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई महसुलमा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्