सरकारले बनायो कोरोना १९ क्राइसिस म्यानेजमेन्ट टिम, को–को छन् ?

काठमाडौंः सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन कोरोना १९ क्रासिस म्यानेजमेन्ट टिम बनाएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

सरकारले गर्नुपर्ने काम, सरकारले बनाएको संयन्त्रले गरेको निर्णय कार्यान्यवका लागि सो टास्क फोर्स बनाएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना भाइरसले चीनमा ३ सय ४ जनाको मृत्यु, संक्रमित हुनेको संख्या १४ हजार नाघ्यो

जसको संयोजकमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, सदस्यहरुमा अर्थमन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहने छन् । यो टिममा सुरक्षा अंगका प्रमुखहरु पनि रहने व्यवस्था गरिएको छ ।

यो टिमले सरकारले जारी गरेका आदेश र निर्णय पालना गराउने, शान्ति सुरक्षा कायम गर्ने र संक्रमण रोक्न भूमिका खेल्ने मन्त्री खतिवडाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्