सोमबार कस्तो वित्दैछ तपाईंको दिन, के छ राशिफलमा ?

१७ चैत्र २०७६ सोमबारको राशिफल

मेष: ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

वृष: ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

मिथुन: ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खनपिनमा विचार गर्नुहोला ।

याे पनि पढ्नुस  आज - १० आश्विन २०७६ शुक्रवारको राशिफल

कर्कट: ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा सफलतापनि मिल्नेछ ।

सिंह: ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नजीकको यात्राको योगछ ।

कन्या: ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

याे पनि पढ्नुस  आज - १८ कार्तिक २०७६ सोमवारको राशिफल

तुला: ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ ।

वृश्चिक: ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

धनु: ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

याे पनि पढ्नुस  आज सोमवार कस्तो छ तपाइँको दिन? हेर्नुस् राशिफल

मकर: ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कुम्भ: ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

मीन: ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्