अमेरिका एकैदिन भेटिए १८ हजार कोरोना संक्रमति, मृत्यु हुनेको संख्या २४ सय नाघ्यो

काठमाडौः अमेरिका आइतबार मात्रै १८ हजार कोरोना संक्रमित बिरामी फेला परेका छन् । पछिल्लो २४ घण्टामा १८ हजा ४ सय २४ कोरोना संक्रमित फेला परेका छन् भने २ सय ६४ ले ज्यान गुमाएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमतिको अवस्था १ लाख ४२ हजार नाघेको छ भने हालसम्म २४ सय ८४ जनाले ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  खतराको संकेतः अमेरिकी परमाणु हतियार स्थल र सैन्य केन्द्रमा फैलियो कोरोना, ३ हजार सैनिक संक्रमित

हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिम पुगेको छ । हालसम्म कोरोनाका कारण ३३ हजार ९ सय ६५ को ज्यान गइसकेको छ ।

संक्रमितको संख्या बढेर ७ लाख २१ हजार ५ सय ६२ पुगेको छ भने डेढ लाख भन्दा बढी निको भएका छन् ।

याे पनि पढ्नुस  जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने

विश्वरभ पछिल्लो २४ घण्टामा ३१ सय बढीको मृत्यु हुनुका साथै ५८ हजार कोरोनाका नयाँ बिरामी फेला परेका छन् ।

कमेन्ट गर्नुहोस्