के बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवक संक्रमित थिए ?

काठमाडौंः रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण थियो कि थिएन भन्ने कुरा आज (सोमबार) पुष्टि हुने भएको छ ।

उनको स्वाब (र्याल) परीक्षण गरिरहेको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

याे पनि पढ्नुस  को हुन् आज थपिएका १० कोरोना संक्रमित ?

प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले ती युवकको नुमना परीक्षणको क्रममा रहेको र आज नतिजा निस्किने बताइन् ।

चैत १३ देखि अस्पतालको आइसोलेसनमा उपचाररत ती ३४ वर्षीय युवकको आइतबार दिउँसो मृत्यु भएको हो । उनी दुबईबाट चैत ६ गते नेपाल आएका थिए । उनका अनुसार उनलाई अत्यधिक ज्वरो र खोकी थियो ।

कमेन्ट गर्नुहोस्