युएईमा कोरोना संक्रमित बढ्दो, हालसम्म ३ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?

 

युएईः युएईमा आइतबार १०२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । थप ३ जना निको भएका छन् ।

हालसम्म युएईमा जम्मा ५७० जना संक्रमित भएका छन् भने ५८ जना निको भएका छन् । थप १ जनाको मृत्यु भएर अहिलेसम्ममा ३ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसले चीनमा ३ सय ४ जनाको मृत्यु, संक्रमित हुनेको संख्या १४ हजार नाघ्यो

आइतबार नयाँ संक्रमित १०२ जनामा ३० जना भारतीय छन् भने थप कोही पनि नेपाली संक्रमित छैनन् । जम्मा संक्रमित नेपालीको संख्या ४ छ भने २ जना नेपाली निको भइसकेका छन् ।

उपचाररत बाँकी २ जना नेपालीको अवस्था सामान्य रहेको छ ।

कमेन्ट गर्नुहोस्