कस्तो रहला आजको मौसम, कस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान ?

काठमाडौंः देशको पहाडी भू–भाग तथा पुर्वी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार राति देशको पश्चिमी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने जनाएको छ ।

हाल देशको पश्चिमी पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  भोलिसम्म भारी वर्षा हुने

आगामी तीन दिनको मौसम पूर्वानुमान: 

चैत्र १७ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १८ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहने र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/हावाहुरि सहित बर्षा हुन सक्ने देखीएको छ। हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

याे पनि पढ्नुस  फेरि आजदेखि पश्चिमी वायुको प्रभाव, उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने

चैत्र १९ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुइ स्थानमा र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

रातीः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन/हावाहुरि सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

कमेन्ट गर्नुहोस्