धार्चुलामा ५ सय नेपाली अलपत्र, नेपाल आउन नपाएपछि नाराबाजी

दार्चुलाः लकडाउन र सीमा बन्दका कारण दार्चुलापारी धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् ।

लकडाउन र सीमा बन्दका नेपाल–भारत जोड्ने महाकाली पुलको गेट नखोलिएपछि भारतका विभिन्न ठाउँमा मजदुरी गरेर फर्किएका उनीहरू अलपत्र परेका हुन् । नेपाल आउन नपाएपछि उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

याे पनि पढ्नुस  ‘लकडाउन’मा समस्यामा पर्नुभयो ? ११८० मा फोन गर्नुहोस्

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन नभएका कारण समस्या भएको बताए । उनका अनुसार सरकारले पनि अलपत्र नेपालीलाई ल्याउनका लागि पुल खुला गर्न अनुमति दिएको छैन ।

कमेन्ट गर्नुहोस्